सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सारांशमा हिन्दू धर्मको अर्थ ज्ञान र शिक्षा हो। त्यही ज्ञानलाई आज विज्ञानमा जोड्न सके सुनमा सुगन्ध फैलन्थ्यो। हिन्दू दर्शनका पुस्तक र ज्ञानका ठेलीमा अपार अथाह ज्ञानको सागर छ। जसको अध्ययन गरेर मान्छेले एउटा जीवनमा सबै कुराको पुष्टि गर्न सक्दैन। केवल एक-दुइवटा विषयको अध्ययनले यो दर्शन पक्कै अधुरो छ।
संसारको सृष्टि भनौं या सिंगाे ब्रह्माण्ड चलाउने शक्तिलाई हिन्दू धर्मले अध्ययन गरेको देखिन्छ। सबैलाई समान देख्ने, सबैलाई सम्मान गर्ने सिद्धान्त हिन्दू आचरणभित्र छ। पृथ्वी, जल, वायु, आकाश्, सुर्य र चन्द्र प्रत्यक्ष देख्ने या अनुभव गरिने शक्तिहरूलाई यसले सिकाएको छ। यो त्यस्तो मान्यतामा जीवन्त छ जसले वेदसँग सम्बन्ध गासँछ। यसर्थ पनि यसलाई वैदिक धर्म पनि भनिन्छ।
त्रेता युगमा राम, द्वापर युगमा श्री कृष्ण, कलियुगमा कल्की अवतार हुने कुरालाई हेर्दा भगवान जन्मन्छन् भन्ने कुरालाई बुझिन्छ। तर भगवान शिवजीको जन्मले भगवान या त शक्तिको समेत जन्मने कुरा बुझिन्छ। प्रकृतिले प्रदान गरेको सम्पूर्ण शक्ति, युग, वस्तु या प्राणीहरूलाई हिन्दू धर्मले छुट्टाछुट्टै स्थान दिएको छ। यो ठाउँ गलत, यो प्राणी गलत, यो वस्तु गलत, यो समय गलत भनिएको छैन। यसले सबै प्राणीको मूल्य आत्मामय मानेको छ। यो पुरानो धर्म परम्परा भएकाले यसलाई सनातन धर्म भनिन्छ।
परम्परा बीनाको समाज या समुदाय असम्भव छ। त्यही समाज या समुदाय मिलेर प्रत्येक राष्ट्र निर्माण भएको छ। विभिन्न राष्ट्र मिलेर आजको मानव सभ्यता र पृथ्वीको अस्तित्व सम्भव भएको हो। हिन्दू धर्मबाट प्रेरित भएर परम्पराले जग बसालेको बुझ्न पनि सकिन्छ। ज्ञान र शिक्षाको लागि अर्थवेद, ऋग्वेद, सामवेद, यजुर्वेद लेखिएको बुझिन्छ। धर्म नै वेद र वेदलाई नै विज्ञान मानिन्छ।
पौराणिक कथाअनुसार सबैभन्दा विद्वान ऋषिका नाति रावण राज अथवा लंकेश्वरले उसै बेला पुष्पक विमान उडाएका विज्ञान रहेछ। त्यसैको पुनः डिजाइन बोइङ हुनुपर्छ। तत्पश्चात सिव्कर बापुजी तल्पडेले सन् १८९५ मा आकाशमा पहिलो हवाईजहाज उडाए। धार्मिक महाभारतअनुसार हाम्रो सृष्टिकर्ता ब्रह्माद्वारा सृजना गरिएको ब्रह्मास्त्र कुरूक्षेत्रको विशाल युद्धमा पाण्डव तथा कौरवद्वारा चलाइएको थियो। त्यही ब्रह्मास्त्रलाई वर्तमान कालमा परमाणु हतियार बनाइयो पनि भन्न सकिएला। अर्थात्, महाभारतका सञ्जयले महाभारतको कथा वर्णन गरी धृतराष्ट्रलाई बताउनुको अर्थ आजभोलिको लाइभ टेलिकास्टको विकास हो भन्न सकिएला कि!
आजको युगमा जति पनि विकास भएका छन् तिनले हिजोको इतिहासलाई व्यावहारिकता दिइरहेका छन्। आज विज्ञानले त्यसकाे प्रयोग गर्ने अवसर पाएको हो भन्न पनि सकिएला। हामीले हिन्दू दर्शनबाट विज्ञानका विषयमा खोज गर्न सक्छौं भन्न सकिन्छ। यसलाई धर्म मात्र होइन विज्ञानपरक उत्कृष्ट विषयवस्तु पनि हो भन्न सकिन्छ।
(आशीर्वाद रेग्मी सामाखुशी इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)