सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
शिक्षा, स्वास्थ्य, यातायात, उद्योग लगायत विविध क्षेत्रबाट देशको निर्माण वा विकास गर्नु नै राष्ट्र निर्माण हो। यो चानचुने काम होइन र यसका लागि ठूलो त्याग र नि:स्वार्थ भावना चाहिन्छ।
आजका विद्यार्थी भोलिका देशका कर्णधार हुन्। दक्षिण कार्यकर्ता हुन् वा प्राविधिक र प्रशासनिक जनशक्ति हुन्। त्यसो हुनाले विद्यार्थीहरूको विद्यालयमा काम गराई सोचाइ प्रवृत्तिमा देशको भाग्य अडिएको हुन्छ।
प्रत्येक बासिन्दा त्यस देशको सन्तान हो। आफ्नो जन्मभुमिको चौतर्फी विकासमा सक्रिय रहनु उसको कर्तव्य हो। तर पनि विद्यार्थीहरू देशका जल्दाबल्दा र सशक्त सन्तान हुन्। यस्तै परिस्थितिमा हामी के हो र हामीले देशका लागि के गर्नुपर्छ भन्ने भावना उनीहरूभित्र पनि सलबलाउन थाल्छन्। त्यसबाट प्रेरित भएर विद्यर्थीहरू आफ्नो तहबाट समेत देश विकासमा सघाउने प्रयास गर्छन्।
समसामयिक प्रशासनलाई रचनात्मक सुझाव दिएर अध्ययन मननबाट बचेको समयमा आफ्नो सीप र बुद्धिलाई देश बनाउने काममा लगाएर आफू जन्मेको गाउँठाउँमा साधारण जनस्तरलाई देश निर्माण चेतनाद्वारा अनुप्रमाणित गराएर उनीहरूले सक्रिय योगदान दिन सक्छन्। यसप्रकार कामलाई विद्यार्थीहरूबाट प्राप्त हुने विकासमूलक सहयोगका रूपमा लिन सकिन्छ।
विद्यार्थी समुदायबाट बेलाबखत राष्ट्रिय स्वार्थमा ठेस आउने खालका अशान्ति र उपद्र सिर्जित हुन्छन् भन्ने गुनासो नसुनिएको पनि होइन। प्रशासनमा जान नपाएका कतिपय राजनीतिक नेताहरूले विद्यार्थीवर्गलाई आफ्नो समुदायको सीमित स्वार्थका लागि हतियार बनाएको उदाहरण पनि देखाएकै महत्वको छाप पारेर त्यस वर्गलाई सही बाटो देखाउन सकिन्छ। यस्तै कामबाट विद्यार्थी वर्गलाई देश बनाउने अभियानमा साझेदार बनाउने अभिभारा शिक्षक अभिभावकको काँधमा रहन्छ।
(अनिता जोशी सामाखुशी इंगलिस बोर्डिङ स्कुलमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)