सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसको माहामारीका कारण भएको लकडाउनमा हाम्रो जीवन बाच्ने शैली फरक भएको छ। पहिले हामी स्वतन्त्र थियौं, अहिले घरको पर्खाल भित्र थुनिएका छौं।
मेरो दिनको सुरूआत बिहानीको झुल्के घाम परेदेखि हुन्छ। वार्षिक परीक्षा पछिको बिदा जस्तो लागेर होला म प्राय: पहिलाभन्दा अबेर नै उठ्छु। उठेर आफ्ना नित्यकर्म गर्छु। त्यसपछि आमा र म भएर कहिलेकाहीँ शारीरिक व्यायाम गर्छौं।
म आमा, हजुरआमा र हजुरबुवालाई उहाँहरूको काममा सघाउँछु। लकडाउनले म र मजस्तै धेरै बालबालिकालाई घरको कामकाज सिक्ने माैका दिएको छ। हामी साथी मिलेर जुम्म भन्ने एपमा सामूहिक पढाइ गर्छौं। त्यसलगत्तै मेरा विद्यालयका शिक्षकहरूले गुगल क्लासमा दिएको गृहकार्य गर्छौं।
कोरानाको कहरले हामीलाई प्रविधि मैत्री बन्नका लागि वातावरण सिर्जना गरेको छ। यसरी हर्दाहर्दै मलाई चार बजेको पत्तो नै हुँदैन। म सानो हुँदादेखि नै संगीतप्रति रूचि हुँदाहुदै त्यो बेलाको दैनिक क्रियाकलापको व्यस्तताका कारण समय दिन पाएकी थिइनँ। अहिले समय अनुकूल बनेको छ। जसअनुरूप मेरी आमाले मेरो जन्म दिनको अवसर पारेर किनिदिनुभएको पियानो प्रयोग गरेर संगीत पनि सिक्दैछु। यसका लागि पनि इन्टरनेटले नै साथ दिएको छ।
मेरा लागि यो विशम् परिस्थिति पनि अवसर नै अवसरको खानी भएको मैले महशुस गरेकी छु। खाना खाएर म अन्तर्राष्ट्रिय अनलाइन कोर्स जस्तै कोर्सेराका कक्षाहरूको माध्यमबाट पनि आफ्नो सिकाइको क्षितिजलाई फराकिलो पार्ने काम गर्छु।
सुत्ने बेलातिर युट्युबमा आफूलाई मन पर्ने सिरिज हेर्छु। अन्त्यमा भगवानलाई आजको दिन देखाई दिनु भएकोमा धन्यवाद ज्ञापन गर्दै भाेलि सब शुभ होस्, विश्वमा यो कोरोनाको कहर हटेर पुनः पहिले जस्तै सदा वातावरण बनोस् भनि प्राथना गर्छु।
(अदिति अधिकारी गण्डकी बाेर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)