सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
मेरो लागि संसारमै प्यारो मेरै देश
अनेक थरि भाषा अनि भेष मेरो देश।
कति राम्रो संस्कृति छ सबलाई सम्मान गर्ने
उस्तै राम्रो धर्म पनि सबको भलो गर्ने।
हिमाल, पहाड, तराई छन् हेर्दै थरिथरी
मानिसहरू आपसमा बस्छन् मिलिजुली।
आपतविपत दुःख पर्दा सधै दिन्छन् साथ
नेपालीले कहिल्यै पनि गर्दैनन् है घात।
शान्तिभूमि नेपाल हो बुद्ध जन्मस्थान
सगरमाथा यही पर्छ हाम्रो स्वभिमान।
(एन्जल ज्ञवाली पाठशाला नेपाल फाउण्डेशन, बागडोल ललितपुरमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)