सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
मेरो सानो भाइ छ
छुनुमुनु गर्छ
एबिसिडी कखगघ
मन लगाइ पढ्छ।
पढ्न लेख्न नजाने
मेरो नजिक आउँछ
सिकाइदिनुस दिदी भन्दै
पछिपछि धाउँछ।
खुसी भई म पनि
भाइलाई सिकाउँछु
नजानेको कुरा सबै
राम्रोसँग बुझाउँछु।
पढ्न लेख्न जानेर
नाच्न थाल्यो भाइ
देखी खुसी हुनुभयो
आमाबाबा दाइ।
(प्रिसा बस्याल (दिदी) कक्षा ४ र प्रणब बस्याल (भाइ) कक्षा यु.के.जीमा ग्लोरी बोर्डिङ स्कुल, बुटवलमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)