सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
वर्षाैं पुरानी छिन् मेरी एउटी साथी
कोही छैन उनीभन्दा माथि।
कोमल मन, छैन त्यसमा कुनै खोट
सुम्सुम्याउँछिन् उनी लागे मलाई चोट।
सुख दुःख हरेक पलमा दिन्छिन् मलाई साथ
उनी भए साथमा उज्यालो हुन्छ औँशीको रात।
मलाई खुशी दिन्छिन् आफ्नो पीडा लुकाई
मेरो पेट भर्छिन् आफ्नो जिउज्यान सुकाई।
उनले दिने मायामा छैन कुनै दाग
ठूलो काम गरि अब राख्नुछ उनको नाम।
गल्ति भए कुनै, गरिदेउ है मलाई क्षमा
सबैभन्दा प्यारी साथी, मेरी प्यारी आमा।
(प्रतिक जोशी नेपाल पुलिस स्कुल सामाखुशी, काठ्माडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)