सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
कोरोनाको कहरले विश्व हल्लाइदियो
मान्छेलाई सजग बन्न धेरै सिकाइदियो
लाखौं व्यक्ति बितिसके अझै कति बित्छन्
दुःखकष्ट झेलेपछि बल्ल सचेत हुन्छन्।
आपसमा टाढा बसौं दुरी कायम गरौं
सरसफाइमा ध्यान दिऔं घरै बस्ने गरौं
खोकी लाग्दा मुख छोपौं हाच्छिउँ आउँदा नाक
घरबाट बाहिर जाँदा प्रयोग गरौं मास्क।
अभिवादन गर्दाखेरि मौलिक शैली छानौं
हात मिलाउन छोडौं अब नमस्कार गरौं
विपन्नलाई सहयोग गरौं खाना खान दिऔं
बुढाबुढी अशक्तलाई विशेष चासो राखौं।
बन्दाबन्दी हटे पनि स्कुल जानु कहिले?
घर बसेर अनलाइनबाट पढ्न थालें मैले
देख्या छैन चिन्या छैन गुरूआमा गुरू
पढ्दा भने रमेका छौं साथीभाइहरू।
(मीमांसक नेपाल नाइटिंगेल अन्तर्राष्ट्रिय मा.वि, कोपुण्डोल ललितपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)