सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
प्यारा आमाबाबु
कति माया गर्छाैं हजुरलाई।
दुःख दिन्नाैं कहिले पनि
आज्ञाकारी बन्छौं सधैंलाई।
सानो छँदा धेरै चकचक
गर्ने हाम्रो बानी।
अनि उहाँहरूले भन्नु हुन्थ्यो,
धेरै चकचक नगर है नानी।
दुःख-कष्ट गरेर हुर्काउनु भयो
हाम्रा बुवाआमाले हामीलाई।
कहिले पनि रून दिनु भएन
बाबुआमाले हामीलाई।
पहिलो अक्षर लेख्न सिकाउनु भयो
बाबुआमाले नै हामीलाई।
हुर्काइबढाई ठूलो मान्छे
बन्न सिकाउनु भयो हामीलाई।
मीठा कुरा खुवाउनु भयो
आफूले नखाइ नखाइ।
बाबुआमा नै हुन्
संसारको ठूलो मान्छे हामीलाई।
(कन्चन र कुसुम क्षेत्री पोखरा, फुल्बारीमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)