सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
एकादेशमा एउटा गरिब परिवार थियो। परिवारमा आमा, बुबा, दिदी र भाइ थिए। उनीहरू एउटा जङ्गलमा बस्थे। बुवाले जङ्गलबाट दाउरा काटेर सहरमा बेच्नु हुन्थ्यो। त्यस परिवारमा भाइ खराब भएकाले सबै चिन्तित थिए।
एक दिन आमा एकदमै विरामी हुनुभएकाले उनको निधन भयो। त्यसपछि छाक टार्न पनि गाह्रो भएकाले बुवा सहर जानुभयो। बुवा सहर जान साथै भाइ जङ्गलमा बागको सिकार गर्न गयो। दिदीले भाइलाई सिकार गर्न नजाऊ भन्दा पनि मनेन। दिदी पनि भाइको पछिपछि जानुभयो।
भाइले बागको बच्चालाई मार्न खोज्दा बागहरूले भाइलाई मार्न खोजे। दिदीले भाइलाई बाघबाट बचाउनुभयो। आफू बच्न सक्नु भएन। त्यसपछि भाइ रूदै घर गयो। उसलाई आफूले गरेको गल्तीको महशुस भयो। बुवा घर फर्किदा छोरीलाई नदेखेर भाइलाई सोध्नुभयो भयो। भाइले बुवा गएपछि भएको सबै घटना बुवालाई बतायो। त्यो सुनेपछि बुवाको पनि मृत्यु भयो।
त्यसकारण भाइ दुःखी भएर रोइरहेको थियो। धेरै समयपछि उसको अगाडि एउटी परी प्रकट हुनुभयो। उहाँले भाइलाई भन्नुभयो, 'अब नरोउ। यो सबै तिमीले नै गर्दा भएको हो। म तिमीलाई अर्को मौका दिन्छु। तिमी सहरको दरबार गएर त्यहाँको राजालाई सबै भएका घटना बताउ। तिमीलाई दरबारमै केही काम दिनका लागि अनुरोध गर।'
त्यति भन्दै परी त्यहाँबाट बिलाउनु भयो। भाइले पनि परीको कुरामा विश्वास गरेर दरबारमा गएर उनले भनेको जस्तै गर्यो। उसलाई राजाले दरबारमा खाना पकाउने काम दिनुभयो। भाइले त्यो दिनदेखि आफ्नो नयाँ जीवनको राम्रो सुरूवात गर्यो।
कथाबाट पाइने शिक्षाः हामीले आफूभन्दा ठूलाले भनेको कुरा मान्नुपर्छ।
(शालीन अधिकारी क्रिएटिभ एकेडेमी, कीर्तिपुरमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)