सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सुप्रित ढकाल हो। म त्रियोग हाइ स्कुलमा कक्षा तीनमा पढ्छु। लकडाउनले गर्दा हामी बाहिर निस्कन पाएका छैनौं। घरभित्र बसेका छौं।
आजभोलि हाम्रो जुम क्लास भइरहेको छ। जुम क्लास र गृहकार्य पछि हामी खेल्ने, समाचार हेर्ने, पढ्ने गरेर बिताइरहेका छौं।
म सबै दिन नयाँ नयाँ चित्र तथा क्राफ्ट बनाउने गर्छु। मैले विभिन्न फलफूल, जनावर, कार्टुनका चित्र बनाएर फेसबुकमा सेयर गरेको छु। मलाई धेरै अंकल आन्टीले हौसला दिने गर्नु भएको छ।
लकडाउनले गर्दा नयाँ कथाहरू पढ्न, युट्युबबाट विभिन्न जानकारी लिन पाएको छु। यो समयमा खाना, खाजा बनाउन पनि सिकेको छु।
खाली समयमा मोबाइल हेर्ने, गेमहरू मात्र नखेली नयाँ कुराहरू सिक्नुपर्छ। आफ्नो घर सफा गर्न बाबाममीलाई मद्दत गर्नु पर्छ। घरमा बस्दा बस्दा मलाई स्कुल जान, साथीहरूसँग खेल्न मन लागेको छ।
मैले बनाएका चित्रहरू हेर्नुहाेस् है।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)