सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
गाँजा चरेस, अफिम, भाङ, रक्सी, हिरोइन जस्ता नसालु पदार्थलाई लागु पदार्थ भन्ने गरिन्छ। यी चिजले मानिसको दिमागलाई नै असन्तुलित बनाउने काम गर्छ। यसले मान्छेलाई शारीरिक रूपमा पनि ठूलो बेफाइदा पुर्याउँछ। एक दुई पटकको सेवन पछि यो आदत वा बानीको रूपमा विकसित हुन्छ।
विश्वका विभिन्न समस्यामध्ये यो पनि एउटा गम्भीर समस्या हो। अहिले यसले नेपाललाई पनि पिरोल्न थालेको छ। लागु पदार्थको दुर्व्यसनबाट विशेषगरी युवा वर्ग प्रभावित भएको पाइन्छ। अहिले दिन प्रतिदिन लागु पदार्थ दुर्वयसनीको सङ्ख्या बढ्दै जानु हाम्रा लागि ज्यादै चिन्ताको विषय भएको छ।
आजभन्दा पन्ध्र बीस वर्षअगाडि सहरी क्षेत्रमा भएको यस समस्याले अहिले गाउँघरतिर पनि प्रवेश पाउन थालेको छ। यदि यसलाई बेलैमा रोकथाम नगर्ने हो भने देशकै लागि टाउको दुखाई बन्ने छ। देश विकासको मेरूदण्द मानिने युवा वर्ग बेरोजगारी समस्याका कारण पथभ्रष्ट बनेका छन्। यसबाट समाजको वातावरण धमिलिन्छ भने शान्ति सु-व्यवस्थामा खलबल आउँछ। यसबाट अन्य व्यक्ति पनि प्रमाणित बन्दै जाने हो भने भोली देशको स्थिति झन् भयावह बन्न सक्छ।
लागु पदार्थ दुर्वयसनमा नियन्त्रण ल्याउन हरेक देशका सरकार क्रियाशील बनेका छन्। यसो भए पनि ती कदमहरू त्यति प्रभावकारी भने भएका छैनन्। यसका लागि जतिसुकै ठूलो धनराशी खर्च गरे पनि लागु पदार्थ उत्पादन प्रक्रियामा कुनै कमी आएको पाइन्न।
समाजलाई स्वस्थ्य बनाउन हाँगा र पात छिमल्दैमा कुनै पनि रूखविरूवा मौलाउने क्रम रोकिदैन। यसलाई समाजबाट उन्मुलन नै गर्नुपर्छ। यो भएमा समाजमा मात्र नभई देशमै स्वस्थ्यता आई युवा जमात विकास निर्माण कार्यतर्फ प्रवहित हुन सक्छ।
अतिरिक्त क्रियाकलाप
कोही पौडी खेल्न मन पराउँछन्। कसैलाई गीतमा रूचि हुन्छ। कसैलाई कम्मर मर्काईमर्काई नाच्न मन लाग्छ। कसैलाई वादविवाद प्रतियोगितामा भाग लिन मन लाग्छ। कोही राम्रो चित्र बनाउन चाहन्छन्। कोही कागजबाट आकर्षक चिजविज बनाउन चाहन्छन्। कोहीलाई खेल्न मन लाग्छ। यिनै कुरालाई हामी अतिरिक्त क्रियाकलप भन्ने गर्छौ। पढाइबाहेक विद्यार्थीले जे जति कार्य गर्छन् तिनैलाई अतिरिक्त क्रियाकलाप भन्ने गर्छौ।
बगैंचमा नयाँ–नयाँ फूल रोप्नु रूमालमा राम्रा–राम्रा फूलबुट्टा बनाउनु, कागजबाट खाम बनाउनु पुरानो टिकटहरू संकलन गर्नु, चिडियाखाना घुम्न जानु, बालक्लबहरूमा गएर नयाँ-नयाँ सीप सिक्नु समाज सेवा गर्नु, रोगी गरिब तथा बुढाबुढीको भलाई हुने काममा सहभागी बन्नु, काठ बाँस निगाला आदिबाट सजावटका चिजविज बनाउनु माटो ढुङ्गा आदिबाट मूर्ति बनाउनु पनि अतिरिक्त क्रियाकलापकै थप स्वरूप हुन्। फुर्सदको समयमा गरिने क्रियाकलाप नै अतिरिक्त क्रियाकलाप हो।
अतिरिक्त क्रियाकलाप सैद्धान्तिक विषय नभएर व्यावहारिक कला हो। बुझनु पर्ने कुरा के हो भने ज्ञान आर्जन मात्र गरेर पुग्दैन। अर्जित ज्ञानलाई व्यवहारमा उपयोग गर्न पनि जान्नु पर्छ। ज्ञानलाई व्यवहारमा उतार्न जान्दा नै रमाइलोसँग अगाडि बढाउन सकिन्छ। त्यसैले हाम्रो जीवनमा अतिरिक्त क्रियाकलापको ठूलो महत्व छ भनिन्छ। 'बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन' यसको अर्थ आफूलाई अरूको अगाडि प्रस्तुत गर्न सक्नेको वास्तावमा भोलीका राजेश हमाल, बैकुण्ठ मानन्धर आदि बन्ने क्षमता हामी भित्रै लुकेर बसेको छ।
(सभ्यता शर्मा ग्रिन प्लान्ट बोडिङ्ग स्कुल खैरेनि, रूपन्देहीमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)