सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
म सानो तर ठूलो हुनु मन पर्छ
मलाई पढ्न भन्दा धेरै खेल्न मन पर्छ
मन पर्छ कति कति कुरा गर्न तर गर्नै पाइँदैन
नगर भनेको मनै पर्दैन त्यही नै सुन्नु पर्छ
हिलो माटो खेल्न पाउदा दंग हुन्छु म
पढ् लेख भन्दा रिसाउँछु म
नयाँ नयाँ कुरा सिक्ने जिज्ञासु हुँ म
कुरा नयाँ आयो भने आइप्याडलाई सोधिहाल्छु म
समय मिल्यो भने इतिहासदेखि वर्तमानका कुरा हेरेर रमाउँछु
थाहा छ मलाई विश्व इतिहास भ्याटिकन सिटीदेखि रोम
ठूलो भएर डाक्टर, इन्जिनियर बन्नु पर्छ भन्नु हुन्छ
तर मलाई त ट्रेन चलाउनै मन पर्छ
खुब घुम्ने डुल्ने रहर मेरो त्यसैले त क्यानडाबाट नेपाल आइयो
आएको मात्रै के थिएँ, यो कोरोनाले घरभित्रै बन्दी बनाइदियो
यो कोरोनाले हामीलाई धेरै कुरा सिकाइदियो
छिनछिनमै बहिनीलाई बीस सेकेण्ड हात धुने बनाइदियो
यति मात्रै कहाँ हो र कोरोना तेरो कमाल
ममीलाई कक्षा दुईको विधार्थी बनाइदियो
पापालाई हामीसँग माटोमा खेल्न सिकाइदियो
घरभित्रै थुनिएका छौं हामी चिडियाखानाका जनावर सरी
प्रकृतिलाई उछिन्न खोजेका मानिसदेखि हास्दो हो जगत घरिघरि
कहाँबाट आयो यो भाइरस जिज्ञासु म खोज्छु आइप्याडमा
चमेरोबाट सरेको हो, हाँस्दै सबैलाई सुनाउँछु म
कहिलेसम्म बस्ने हो यसरी, सोच्दा त दिक्क लागिसक्यो
तर पनि भाइरसलाई जित्नै पर्छ भन्ने आत्मविश्वास बढिसक्यो
आजमै रमाउँछु म भविष्य के हो भन्ने कुराको छैन ज्ञान अझै मलाई
अभिनभ सुवेदी, यही हो मेरो परिचय सबैलाई।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)