सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ,
मान्छे नमर्ने सहर हुँदैन।'
डा. कृष्णहरि बरालले लेखेको यो गीतको पंक्तिजस्तै भएको छ अहिले देशको अवस्था।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन अहिले खुकुलो बनाएसँगै त्रास झन् बढेको छ।
सुरूमा त देशमा एक-दुई जनामा मात्र कोरोना संक्रमण देखिएको थियो। बिस्तारै कोरोना महामारीको अन्त्य होला नि भन्ने आशा मनमा थियो। बिडम्बना! आजकल दिन प्रतिदिन बढ्दो छ। देश ठप्प हुँदा अति विपन्न नागरिक दिनानुदिन पीडित बन्न थालेको कुरा विद्यमान छ।
कोरोनाको कारण कति मानिसको मृत्यु भएको छ भने कतिले लकडाउनको कारण खान नपाएर आत्महत्या पनि गरेका छन्। यसको मारमा सबैभन्दा बढी दैनिक ज्यालादारी गरेर खाने मजदुर परेका छन्। केही मानिस ऋण कसरी तिर्ने भनेर मानसिक तनावमा पनि परेका छन्। कोरोनाको कारण कति मानिसले आफ्नो पेसा व्यवसाय पनि गुमाउनु परेको छ।
कोरोनाको कारण विद्यालयहरू पनि तत्काल खोल्न सक्ने अवस्थामा देखिँदैनन। त्यसको बाबजुद विद्यालयहरूले अनलाइन क्लास सञ्चालन गरेका छन्। सबै विद्यार्थी अनलाइनमार्फत सामेल भई पढ्न भने गार्हो छ।
बढ्दो कोरोनाको प्रकोपसँगै बढ्दै छ डर पनि। त्यसैले, महामारीको अवस्था रहुन्जेल सुरक्षित रूपमा घरभित्र बस्नुबाहेक कुनै विकल्प हामीसँग छैन। रोग लागेपछि पछुताउनुभन्दा अहिले नै सतर्क रहनु है।
(परेश पाैडेल जनसहयाेग मावि, इटहरीमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)