सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
यो निलो आकाशमा
सेतो बादल कति सुहाएको
झनै यो निश्चल धर्तिमा
राम्राे वातावरणले कति मलाएको
हरियोपरियो डाँडाकाँडा
देख्दा मनै खान्छ
त्यो सेतो हिमालले हिउँसरी
मलाई नै त्यतै लान्छ
साउने झरी फागुने हिउँ
फल्छ फल त्यसकै जूनको बीउ
जनता सार्वभौम भई रहनुछ
स्वतन्त्र र जन्जिरमुक्त झै बाँच्नु छ
यी आँखालाई पाप होला
फोहोरको थुप्राे देख्दा
मेरो पनि मन खान्छ,
'फोहोर नफालाैं' लेख्दा
बोटबिरूवा, जनावर अनि चरा
बस्छन् जंगलमा बास
जंगल फडानी नगर है
हुनलाई खरानीको रास
राम्राे लाग्छ किन मलाई प्रकृतिको रंग
फोहोर फालेको देख्दा मलाई लाग्छ किन दंग
दिदीबहिनी दाजुभाइ सबैजना जागौं
वातावरण संरक्षणमा हामी सबै लागाैं
(गृष्मा रायमाझी पनौती अंग्रेजी माध्यमिक विद्यालय नैकिकटार, काभ्रेमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)