सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
बगैंचामा फुल्छन् सुन्दर फूल
तिनीहरूलाई दिनुपर्छ मल र जल
यिनीहरू हुन्छन् रङ्गीविरंगी
हुँदैनन कुनै नराम्री
फरक फरक किसिमका हुन्छन् यी
बगैंचामा लगाए फुल्छन् ती
फूलका हुन्छन् फरक-फरक प्रजाति
तिनलाई देख्दा मिल्छ है शान्ति
गुलाबमा हुन्छ राम्रो सुगन्ध
लालुपाते हुन्छ फूलमा वरिष्ठ
सूर्यतिर फर्कन्छ सूर्यमुखी
धेरै थरिका हुन्छन् बेगमबेली
सयपत्रीमा हुन्छ पत्रैपत्र
पोखरीमा फुल्छ कमलको फूल
तिहारमा फुल्छ गोदावरी
हेर्दामा राम्रो हुन्छ मखमली
लहरामा राम्रो देखिन्छ है चमेली
आकाशमा हुन्छन् थरिथरि पिण्ड
फूलहरु टिपे मिल्छ दण्ड
बगैंचामा आउछन् मैरीका हुल
किनभने त्यहाँ फुल्छन् सुन्दर फूल।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ७ मा अध्यनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)