सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
अग्ला सेता हिमचुली
कोखमा जन्माएर
चिसो स्वच्छ जलकणलाई
गन्तव्यमा उर्लाइ
बक्र बाटो हरिया तृणलाई
काखा र पाखा हुँदै
कसैको वास्ता नगरी
बग्थ्यौ सेती नदीसरि
पहिले जस्तो छैन गति
हुङ्कार छैनन्
कुनै द्वन्द्वको तीखो झिरमा
उनियौ कि दिनै भन्न सक्दैन
तै पनि पीडा छ यही देशको
मीठो एकताको
रस र स्वाधिनताको
धुन छैन के भयो?
यतिका सन्तानलाई हुर्काइबढाई
बोल्दै नबोली अड्यौ
फर्की हेर न स्नेहका नजरले
भाका नखोली हिँड्यौ
पीडा जति अन्तर आत्मा
जितिछौ तिमीले सबै
नाङ्गिन पुगिसक्यौ
तिमी बोलिनौ केही
अझै तिम्रो चाल मलिन देख्छु
त्यही संवेग शोकमा
मेरो त देश बित्यो नि हरे
यी द्वन्दकै रोगमा
जिउँदैछु त काया यो
शिथिल भइसक्यो
मेरो राष्ट्र अस्मिताको
आक्रान्त भई गइसक्यो
मेरो सगरमाथाको शिर
ठाडो छैन
नुहिएको देख्दैछु म
मेरो चिन्तन क्षेत्रको
करूणता खोलेर
लेख्दैछु म
विश्वभरि नै छन्
यी यावत नैलाख पीडा
आ-आफ्नो दुःख दर्द
जति बाडेर बाचौँ न बरू
वरिपरीका सबै
आ-आफ्नो कुरामा मस्त छन्
बिचल्ली सबैको
दुर्दशा मुलुकको देखेर
सन्त्रास्त छन्
सबै मिलि काम गरे
गन्तव्य भेटिन्छ कि!
ती सबै त्रास डर
आफैंभित्रै मेटिन्छ कि!
(स्नेहा रिमाल चन्द्रोदय माध्यमिक विद्यालय हेटौँडामा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)