सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सुरवीर, गाईप्राणी पुस्ताको
मुलुक यो
अमर चहकिला ताराहरूको
पवित्र जन्मथलो
महान व्यक्तित्व विशिष्ट योगदानपछि पनि
अशक्त नै भैरहेछ, स्वर्गतुल्य यो भूमि
लौन!
मेरो देश अँध्यारो पो भएछ
देशको एउटा खुट्टा
खोच्याउँदै पो हिँड्न लाग्यो
अर्को खुट्टा भने अझै
सपनामा नै मग्नमस्त छ
अघि बढ्ने पाइला नै हाम्रो
ठ्याम्मै अशक्त, असहाय पो भएछ
लौन!
मेरो देश रोगी पो भएछ
एकतर्फी भने महावीर पुन जस्ता व्यक्तित्वहरू
जो धमाधम सहयोग गर्न तम्तयार छन्
अर्कोतर्फी चाहिँ ती भ्रष्ट, धूर्त ब्वाँसा नेताहरू
जो कमिसन खेलमा अझै लिप्त छन्
कस्ता निर्लज्ज ती नेताहरू जसले
तीन किलोको चामल दिई ३० किलो पाए भनेर
जनतालाई सही गराउने,
अनि कालो धनको साथै
इज्जत पनि हासिल गर्ने
यस्तै खराब चरित्रले भरिपूर्ण
ती भ्रष्ट नेताहरूको पो मुलुक बनेछ
लौन!
मेरो देश बिरामी पो भएछ
ठूलो प्रसव पीडापछि
सन्तानको प्राप्ति भएजस्तै
सत चरित्रको सुदिन आएजस्तै,
दुष्ट चरित्रको दुरदिन देखा पर्ने नै छ
हामीचाहिँ यस विषम परिस्थितिलाई
चिरेर बाहिर निक्ली
समाजलाई उन्नत मार्गतर्फ डोर्याउनु नै छ
अपाहिज भएको यो राष्ट्रलाई
पुनः सबल बनाउनु नै छ
(शुभम् पेखरेल नवेदय शिशु सदन, कमलडाँडामा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)