सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
नेपालमै बस्छु नेपालमै गर्छु नेपालमै फलाउँछु
आफ्नै देशमा केही गरी यही नै रमाउँछु।
साथी र भाइ परिवारसँग यही नै काम गर्छु
कमाई दाम रमाइरमाई देशमै मर्छु।
आमाको काख विदेशको लाख हुँदैन बराबर
विदेश गई पढीगुनी फर्कन्छु सरासर।
नेपालकै मज्जा लिऊँ है साथी, विदेश नै नछान
विदेशमा पैसा नै मात्रै अरू नै के छ र।
प्राकृतिक रूपमा हिमाल नै हिमाल कही छैन संसारमा
पर्यटन उद्योग विकास गर्दै बसौं है नेपालमा।
शिक्षित युवा नेपाली सबै विदेशै पसे
नेपाली कहाँ रहुँला साथी नेपालमै नबसे।
हिमाल पहाड फलफुल रोप्छु गर्दै पौरख
नेपालको पैसा नेपालमै राख्छु, गर्नेछु गौरव।
(जेन्यूइन राज गुरूङ जेम्स स्कुल धापाखेलमा कक्षा पाँचमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)