सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
काठमाडौंमा जन्मेर काठमाडौंमै हुर्केको मलाई गाउँघरको बारेमा खासै जानकारी छैन। हुन त म ४/५ वर्षको हुँदा मेरो पुर्ख्यौली घर गुल्मी लैजानु भएको हो रे मेरो हजुरबुवा हजुरआमाले। मलाई त्यति बेलाको केही कुरा याद पनि छैन।
मेरो बाबाममी जापान हुनुहुन्छ। म साढे दुई वर्षको हुँदादेखि नै हजुरबुवा, हजुरआमा, दाइ र फूपुको काखमा खेल्दै हुर्केको हुँ। हजुरबुवा र हजुरआमाले गाउँको कुरा गर्दा मलाई निकै रमाइलो लाग्छ। उहाँहरूले कुरा गर्दा गर्दै पनि बिचबिचमा गाउँको कुरा सोध्ने गर्थेँ। सानो हुँदा गएको भए पनि मलाई केही कुरा याद थिएन। हजुरआमा हजुरबुवाले एकपटक फेरि गाउँ लगेर सबैतिर घुमाउने भन्नु भएकाे थियाे।
हजुरबुवाले 'अब तेरो चैतमा परीक्षा सकिन्छ, अनि गाउँ गएर घुमेर आउनुपर्छ' भन्नु भएको थियो। मलाई नि खुब गाउँ जान मन लागेकाले हजुरबुवाको यो कुराले म निकै खुसी भएको थिएँ। तर समय यस्तो आयो कि चैतमा गाउँ जाने कुरा त सपना नै भयो। विद्यालय गएर परीक्षा दिनसम्म डराउन पर्ने भयो। विद्यालय गएर साथी र शिक्षकसँग छुइँदासम्म डराउँदै जसरीतसरी परीक्षा त सक्यो। गाउँ जाने सपना भने अधुरो नै रहयो।
परीक्षा सकियो विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सारा विश्वलाई दु:ख दिइरहेको बेला हाम्रो देश नेपाल पनि त्यसबाट टाढा हुन सकेन। कोरोन भाइरसको कारण नेपाल सरकारले देशभर लकडाउन गर्यो जसले गर्दा बिदाको समयमा काेही बाहिर घुम्न जाने कुरा पनि भएन। यस खाली समयमा हजुरआमाले घरमा नै गाउँघरमा खाने खाजाहरू जस्तै कोदो, मकै, गँहु, फापर जस्ता खानेकुराको बारेमा जानकारी दिँदै पकाएर पनि खुवाउनुभयो। मैले पनि हजुरआमालाई सहयोग गरेँ।
घरमा भएको सानो बगैँचामा घरमा खाने तरकारीहरू जस्तै सिमी, बोडी आलु, खुर्सनी, काँक्रो जस्ता खाने कुरा रोप्न पनि सहयोग गर्ने मौका पाएँ। यसले गर्दा मलाई समय बिताउन खासै गाह्रो भएन। त्यसले गर्दा समय बितेको पत्तै भएन।
लकडाउनको करण विद्यालय गएर रिजल्ट ल्याउने वातावरण त थिएन। मोबाइलमै रिजल्ट आयो। म पास भएँ। ७ कक्षामा पुग्दा निकै खुशी पनि भए। अहिले सम्म ७ कक्षामा विद्यालय गएर पढ्ने मौका पाएको छैन। घरमा बसेर अनलाइन कक्षा पढ्ने मौका भने पाएको छु। जुन एउटा फरक अनुभव पनि भएको छ।
सधैं झोलाभरि किताब बोकेर ९ बजे देखि ४ बजेसम्म विद्यालयको अनुशासनमा रहेर पढेको भन्दा फरक छ। विद्यालयबाट आएसी सधैं गेम खेल्न प्रयोग गर्ने मेरो मोबाइल र ल्यापटप अहिले अनलाइन क्लासको लागि प्रयोग भएका छन्। मोबाइल-ल्यापटप जस्ता डिभाइसबाट पढ्नको लागि धेरै सजिलो पनि हुँदोरहेछ भन्ने कुरा पनि बुझ्न पाएको छु।
म इन्टरनेटको पहुँचमा छु। मैले शिक्षकले भनेको समयमा पढ्न पाएको छु। मेरो धेरै साथीहरू भने इन्टरनेटको पहुँचभन्दा बाहिर छन् जसले गर्दा उनीहरूले आनलाइनबाट पढ्न पाएका छैनन्। त्यो कुराले गर्दा म दुःखी छु।
कोरोना भाइरसको कारणले मेरो गाउँ घुम्न जाने सपना त सपना नै भयो अब विद्यालय गएर साथी शिक्षकहरूसँग भेट्ने र पढ्ने पनि केही समयको लागि सपना नै बनेको छ।
(गगनकुमार गिरी लिटिल एन्जलस् स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)