सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
मेरो काम पढ्ने
कोरोना छाएको बेला
सबैसँग मिली खेल्ने हो
फुलबारीमा डुलेर
पानी हाल्ने हो
राम्रो लुगा लगाएर
मामाघर जाने हो
बहिनी पनि लाने हो
बाबाआमासँग गफ गर्ने हो
लकडाउनमा घरै बसी
अनलाइनमा शिक्षा लिने हो
मोबाइल चलाएर गृहकार्य गरी
मेरो काम पढ्ने हो।
(आरोग्य खनाल नवोदय शिशु सदन, हेटौंडामा कक्षा २ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)