सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
नौ महिना कोखमा राखी
देखायौ मलाई संसार
मेरी आमा प्यारी आमा
तिमी नै मेरो पुरस्कार
तिमी हौ पहिलो पाठशाला
सिकाउने मलाई कखरा
सधैं वरिपरि राखेर
दियौ मलाई पहरा
आमाको ठूलो महिमा
लेखेर पनि सकिन्न
आमाको जस्तो माया
खोजेर कहीँ भेटिन्न।
(सुकृति सारा शर्मा विनायक शान्ति निकेतन मा.वि. थापाथली, काठमाडौँमा कक्षा ३ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)