सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
आकाशमाथि घाम
पकाइदेउ न माम
कमाउन छ दाम
गर्नुपर्छ पढ्ने काम
चिसो चिसो मौसममा
मन पर्छ घाम
भोक लाग्यो मलाई
खान देउ न माम
मिहिनेत गरी राख्नु छ
देशमा आफ्नो नाम
सरगम मेरो पहिचान
गर्नु छ धेरै काम।
(सरगम चौलागाईं नवोदय शिशु सदन, हेटौँडामा कक्षा ३ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)