सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना महामारीका कारण लगभग सबै देश लकडाउनको स्थितिमा छन्। लकडाउनकाे बेग्लै किसिमको अनुभव गरेँ। यस प्रकारको लकडाउन कहिल्यै पनि नभएकाले हाम्रा आमाबाबालाई पनि याे नै पहिलो अनुभव रहेछ।
लकडाउनमा सबै कुरा ठप्प हुँदो रहेछ। स्कुल-कलेज मात्र नभएर अस्पतालले समेत पूरा सेवा नदिने रहेछन्। सरकारले घरभित्र बस्न आदेश दिएकाले कहिलेकाहीँ केहीबेर मात्रै बाहिर जान मिल्दो रहेछ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। मलाई त लकडाउन अझै बढ्दै गयो भने के होला भन्ने चिन्ता लागिरहेको थियो। सत्तरी दिन पूरै लकडाउन भएपछि सरकारले लकडाउनलाई केही खुकुलो बनाइदियो।
लकडाउनमा घरभित्रै थुनिनु पर्दा पढाइ पनि बिग्रिन्थ्यो तर प्रविधिका कारण सुविधा हुनेहरूले भने पढ्न पाएका छन्। यस प्रकारका महामारीमा अनलाइन कक्षाको धेरै महत्व हुँदो रहेछ। अनलाइन कक्षा नभएको भए मैले र अरू विद्यार्थीले राम्रोसँग पढ्न र सिक्न पाउँदैनथ्यौँ।
लकडाउन रहरले गरिएकाे होइन महामारीबाट बच्नका लागि बाध्य भएर गरिएकाे भए पनि लकडाउनले गर्दा हामीले केही नयाँ कुराहरू पनि सिक्न पायौँ। हामी आफ्नो परिवारसँग समय बिताएर नयाँ-नयाँ कुराहरु सिक्ने मैका पनि पायाैँ। यस लकडाउनले हामीलाई आफ्ना परिवारसँग समय बिताउनुपर्छ भन्ने सिकायो। यस अर्थमा लकडाउनले हामीलाई केही फाइदा पनि भएको छ। भगवानले कोरोनालाई त्यही सोचेर धर्तीमा पठाउनु भएको होला भन्ने मलाई लाग्छ।
जेसुकै भए पनि हामी यस महामारीमा आत्तिनु हुँदैन। हामीले सावधानी अपनाउनुपर्छ। सरकारले बनाएका नियम पालना गर्नुपर्छ। सावधानी अपनायौँ भने कोरोनालाई अवश्य जित्न सक्नेछौँ।
(वैभव अधिकारी बूढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाडौँमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)