सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
चरीजस्तै आकाशमा
उड्न मन लाग्छ
फूलबारीमा यताउता
डुल्न मन लाग्छ।
एक पटक जहाजमा
चढ्ने मौका पाएँ
चरीजस्तै सँगसँगै
रमाईरमाई गएँ।
चरीजस्तै उड्न पाउँदा
निकै दंग परेँ
जहाजमा बस्दाबस्दै
राम्रो पेन्टिङ गरेँ।
माथिबाट तल हेर्दा
मलाई डर लाग्यो
चरीहरू देखेर नै
मेरो डर भाग्यो।
बादलको माथिमाथि
उड्न पाउँदा खेरि
जहाजमा बस्न मन
लाग्यो मलाई फेरि।
जहाजबाट ओर्लेपछि
म त घर आएँ
घर आई मैले एउटा
पेपर प्लेन बनाएँ।
पेपर प्लेन टोय बनाई
बगैँचामा उडाएँ
फूलसँग खेलेँ म त
खुसी भई रमाएँ।
(सोनुश्री पौडेल सिर्जनशील स्कुल, थापाथलीमा कक्षा १ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)