सम्पादकीय नोटस् हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
पुस्तकले राम्रो राम्रो कुरा सिकाउँछ
राम्रोसँग पढ्यो भने ज्ञानी मान्छे बनाउँछ
पुस्तक राख्न चाहिन्छ है एक झोला
कोरोनाले गर्दा विद्यालय कहिले खुल्ने होला
हामी यसै जानु हुन्न है पसल
राम्रो कुरा पुस्तकबाट पाइन्छ बन्न असल
हामीले पुस्तकलाई जतन गर्नुपर्छ
लकडाउनमा ख्याल गरौं नभए कोरोना सर्छ
साना ठूला सबैले पुस्तक पढ्नुपर्छ
राम्रा काम गरेर अगाडि बढ्नुपर्छ
मलाई मन पर्छ कापी र किताब
ध्यान दिएर पढे त मिल्छ नी हिसाब
पुस्तकले राम्रो राम्रो कुरा सिकाउँछ
राम्रोसँग पढ्यो भने ज्ञानी मान्छे बनाउँछ
(रूबस पराजुली जी.एस. निकेतन मा.वि हेटौंडा, मकवानपुरमा कक्षा २ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)