सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
कुशे औंशी बुबाको मुख हेर्ने दिन
बुबा नै प्रेरणाको खानी र सङ्घर्षको प्रतीक।
बुबाले नै आफ्नो सन्तानलाई भलो चिताउने
हामीलाई सफल बनाउन पनि धेरै प्रयास गर्ने।
बुबाले हामीलाई असल बाटो देखाउनुहुन्छ
साथै जीवनमा धेरै कुरा सिकाउनु हुन्छ।
आजको यस दिनमा सबै बुबालाई प्रणाम
साथसाथै भित्रै मनबाट अभिवादन।
(अनुश्का बगाले ज्ञानकुञ्ज उ.मा.वि रविभवन,काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)