सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
आँखा ठूलो बनाई-बनाई बुवाको मुख हेर्छु
सपनामा मैले सधैं बुवालाई नै देख्ने गर्छु
मलाई संसारमा मेरै बुवा लाग्छ राम्रो
किनकि मेरो बुवा कहिल्यै हुनुहुन्न चाम्रो
बुवाले खानुहुन्न फोहर पानी गई कुवा
बुवालाई मन पर्छ रोटी अनि हलुवा
बुवा हो मेरो मनको पनि छाया
मलाई लाग्छ बुवाकै धेरै धेरै माया
हुर्काउनु भयो मलाई नुनु पापा भन्दै
मैले राख्छु जतिखेर मेरो बाबा मनमै
गर्नु हुन्न मेरो बुवा दायाँ र बायाँ
गर्नु हुन्छ मलाई धेरै धेरै माया
(रूबस पराजुली जी. एस निकेतन मा.वि हेटौंडा, मकवानपुरमा कक्षा २ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)