सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
हामी बालबालिका
राम्रो मान्छे भोलिका
असल बन्छौं पढेर
चिनाउँछौं देशलाई
अघि अघि बढेर।
हामीलाई साथ चाहिन्छ
सबै बुबा आमाको
दादा, दिदी, मामाको
नसोचिदिनु कसैले
हामीलाई मात्र कामको।
पढ्ने, लेख्ने, खेल्ने
हाम्रो हो नि अधिकार
बिरामी पर्दा हामीलाई
गरिदिनुस् उपचार।
माया पनि मौका पनि
हामीलाई दिनुस् है
राम्रो मान्छे बनेर
सम्मान पनि लिनुस् है।
सधैंभरि खुसी पाउने
हाम्रो ठुलो चाहना
बाल दिवस २०७७ को
धेरै शुभकामना।
(सोनुश्री पौडेल सेन्ट जेभियर्स स्कुल, जावलाखेल, कक्षा १ मा अध्ययनरत छिन्)