सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
गोर्खालीका सन्तान हामी, नेपाल हो देश
संस्कृतिमा धनी हामी, विभिन्न छ भेष
जलस्रोत प्रचुर छ, उच्च हाम्रो शीर
जगतमा हामी भन्दा, कोही छैन वीर।
परिश्रम हो परिचय, छौं है स्वाभिमानी
नेपालको रक्षा गर्न, एक हुन्छौं हामी
मार्न खोज्दा नेपालीलाई, आफैं मर्न पुगे
नेपालीको साहस देखी, उल्टै सलाम ठोके।
हिजो आज हाम्रो भूमि, अतिक्रमण भो रे
लिम्पिया, लिपु, कालापानी, अर्कै देशको हो र
नेपालीलाई थर्काउने, कसको छ र आँट ?
इन्ची पनि दिन्नौं हामी, हाम्रो शितल फाँट।
वीरता र स्वाभिमान, हराउँदैछ अहिले
निडर साहस नेपालीको, फर्की आउँछ कहिले ??
देशद्रोही टिक्नुहुन्न, नेपालीको सामु
सानो देश नेपालको, सगरमाथा छानु।
आफ्नो मातृभूमि अति, हुन्छ सबलाई प्यारो
जननीको छाती चिर्दा, कति होला गार्ह्रो
नेपाल रहे नेपाली हुन्छौं, नरहे के होला ?
डटेर गरौं सामना बरू, परेको सहौंला।
(आत्मिका सुवेदी गण्डकी आवासीय माध्यमिक विद्यालय, लामाचौर, पोखरामा कक्षा सातमा अध्ययनरत छिन्)