सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
बगैँचामा रङ्गीचङ्गी फूल,
त्यहीँ पुतलीका हुल।
सप्तरंगी फूलै फूल्ने,
त्यही हेरी मेरो मन भुल्ने।
पुतली मेरा साथी,
उड्छन् आकाशमा माथि माथि।
फूलको बासना हरर,
फूलै माथि पुतलीको पखेटा फरर।
पुतलीको फूलमा छाया,
लाग्छ मलाई पुतलीको धेरै माया।
फूल कहिले भुइँमा हुन्छ,
त्यो देख्दा मेरो मन रुन्छ।
कहाँ होला फूलको सहर,
मलाई पनि पुतली जस्तै उड्ने रहर।
पुतलीको कहाँ होला घर,
मलाई पनि बस्न मन लाग्यो त्यसकै वरपर।
(निर्भाना सिंह सम्बुद्ध एजुकेशनल एकेडेमी बागलुङ कक्षा ३मा अध्यनयरत छिन्)