सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
साना साना हात मेरा साना साना औंला
कति धेरै जाडो भयो लगाउँछु न्यानो पन्जा।
साना साना हात मेरा साना साना गोडा
कति धेरै जाडो भयो लगाउँछु न्यानो मोजा।
साना साना हात मेरा सानो सानो टाउको
कति धेरै जाडो भयो लगाउँछु न्यानो टोपी।
साना साना हात मेरा साना साना खुट्टा
आँगनीमा घाम ताप्दै खेल्न कति मज्जा।
(हिमांशु बल डियरवाक सिफल स्कुलमा कक्षा २मा अध्ययनरत छन्)