सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
दसैं हिन्दुहरूको एउटा महान चाड हो। यो चाड सत्यको विजय भएको खुसियालीमा मनाइने पर्व भएकाले यसलाई विजया दशमी पनि भनिन्छ।
आफन्तहरूलाई बोलाएर पूजापाठ, खानपान, टिकाटालो र रमाइलो गर्दै यो चाड मनाइन्छ। यो चाड आश्विन शुल्क पक्ष प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनका लागि विभिन्न काम गरी मनाइन्छ।
पहिलो दिनलाई घटस्थापना अनि अन्तिम दिनलाई पूर्णिमा मानिन्छ। घटस्थापनाको दिन जमरा राखी देवी दुर्गाको पूजाआजा गरिन्छ। ९ दिनसम्म नवदुर्गा भवानीको पूजा गर्दै दसौं दिनमा आफन्त तथा मान्यजनबाट टिका थापी आशीर्वाद लिई मनाइन्छ।
दसैं नेपाल वा विदेशमा बस्ने नेपालीहरूले हर्षोल्लासका साथ मनाउने गर्छन्। दसैंमा नयाँ लुगा किन्ने, मिठो मिठो परिकार खाने, पिङ खेल्ने, चंगा उडाउने र विशेषगरी केटाकेटीले यो चाड साह्रै रमाइलो गरी मनाउँछन्।
यस वर्षको दसैं पनि हामी आफ्नो घरपरिवारका साथ सामाजिक दुरी कायम गर्दै र स्वस्थ भएर मनाऊँ। सबै जनालाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना।
(आराध्या प्रसाई डियरवाक सिफल स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्)