सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
शनिबारको दिन थियो। घरमै धेरै बसेको हुनाले हामीले लाकुरी भञ्ज्याङ जाने विचार गर्यौं।
गाडीमा चढी लाकुरी भञ्ज्याङतिर लाग्यौं। जाँदा बाटो खराब थियो। तर लाकुरी भञ्ज्याङ पुगेपछि हामीले बाटोका सबै कुरा बिर्सिएर प्रकृतिक हरियालीमा रमाइलो अनुभव गर्न थाल्यौं।
गाडीलाई फेदमा राखेर म र मेरो भाइ चराको चिरिबिरी सुन्दै अगाडि हिँड्यौं। आमाबुबा पछाडि हिँड्दै आउनुभयो।
बाटोमा हिँड्दा हामीले धेरै प्रकारका चरा र पुतलीहरू देख्यौं। रमाउँदा रमाउँदै माथि पुगेको थाहा नै भएन।
अलि माथि पुगेपछि त्यहाँ मूलको पानी रहेछ। हामीले त्यहाँबाट पानी पियौं र फूल मकै र स्याउ खाँदै माथि चढ्यौं।
मूलको पानी भएको ठाउँको छेउमा एउटा ठूलो ढुंगा थियो| त्यहाँ म र मेरो भाइ चढ्न सकेनौं। तर आमाबुबा त्यहाँ चढेर फोटो खिच्नुभयो।
मलाई केही कुराको अनौठो बासना आयो। बुबालाई सोध्दा त्यो वनस्पतिको बासना हो भनेर भन्नुभयो।
जंगलको बीचको बाटोबाट माथि जाँदा हामीले कटुस र अंगेरी फलेको देख्यौं। माथि गएपछि बाटो सिद्धियो। अनि हामी त्यहीँबाट फर्कियौं।
फर्किँदा हामीले एक बोतल मूलको पानी भर्यौं। तल आउँदा हामीले पुल-अप गर्ने ठाउँमा पुल अप गर्यौं। तल आएपछि हामी गाडी चढेर घर फर्कियौं।
यो महामारीका बेलामा हामी धेरै टाढा जान नपाए पनि हाम्रो नजिकै रहेको वन-जंगलमा गएर सुरक्षित हुँदै परिवारका साथ हाइकिङको मजा लिएर यसपालिको दसैं मनाउने कि?
(शब्द प्रसुन ढकाल, न्यु मिलेनियम स्कुल, इमाडोलमा अध्ययनरत छन्।)