सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता
भनिन्छ नि बालअधिकार, पाउनुपर्छ अरे
त्यही भएर देश विदेशमा सुनिश्चित छ रे
बाँच्न पाउनु, पढ्न पाउनु बाल अधिकार
हाम्राे हितकाे काममा सधैं हामीलाई अघि सार
बाल शाेषण, बेचबिखन धेरै हुन्छ किन
देश विकासका साझेदारी हामी हाैं है चिन
बालअधिकार माैलिक हक, लागू हुन्न किन
हामी अघि बढ्नुपर्छ, आफ्नाे हक लिन
लागू गरे बालअधिकार हामी खुसी हुन्छाैं
उन्नति र प्रगतिका हिम शिखर चुम्छाैं
याेजना र स्राेत देऊ ज्ञान सिप पनि
ओझेलमा नपार है बालबालिका भनी
आज साना भाेलि ठूला देशका कर्णधार,
सबले बुझी लागू गराैं बाल अधिकार।
(सुप्रभ आचार्य डियरवाक सिफल स्कुल काठमाडौँमा कक्षा ६मा अध्ययनरत छन्)