सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
यो सहर हो, यहाँ के छैन र?
यहाँ भ्रष्टाचारी चाहिए थुप्रै कर्मचारी छन्
यहाँ दलाल चाहिए सारा नेता छन्
झुटको ठूलो पहाड बनाउने पत्रकार छन्
जति गरेपनि चुपलागी बस्ने सारा जनता छन्
यो सहर हो यहाँ के छैन र?
घर अगाडिको सडक धूलो र धुँवाले लिपिएको छ
देशका युवाहरुको बिमानस्थलमा ताँती छ
विद्याको पबित्र कलेजमा गुन्डा गर्दी छ
यहाँ वकिल पार्टीको छ, पत्रकार पार्टीको छ
यो सहर हो यहाँ के छैन र ?
यहाँ ब्याचलर गरेको बिद्यार्थी बेरोजगार छ
संसद भवनमा कुर्सि ताना तान छ
नेतालाई खोकी लागे सिङ्गापुर् छ
जनतालाई रोग लागे एक गोलि सिटामोल छ
यो सहर हो यहाँ के छैन र?
( धिरज चापागाईं डियरवाक सिफल स्कूलमा कक्षा १०मा अध्ययनरत छन् )