सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
मिहिनेत गरौं, अब लक्ष्य छैन धेरै टाढा
निरन्तर अगाडि बढौं भाँचेर सबै काँडा
दु:ख सहेपछि अवश्य सुख आउँछ
हरेक गल्तीले असल कुरा सिकाउँछ
कर्म गरौं, फलको नगरौं आश
असफल भए पनि नबनौं निराश
घमण्ड त्यागेर असल बाटोमा हिँडौं
रिस त्यागेर हामी सधैं सुखी रहौं
स्वदेशमा नै बसेर गरौं असल काम
संसारभरि चिनाऔं नेपाल देशको नाम
सकारात्मक सोच र असल विचार
हुन् महान् व्यक्तित्वको आधार
बटुलौं नयाँ सीप, अनुभव र शिक्षा
गरौं हामी मानवता र धर्मको रक्षा
मिहिनेतले सुन्दर बन्छ हाम्रो जीवन
लक्ष्य पूरा हुनेछ हाम्रो अवश्य एक दिन
(सिद्धान्त यादव बूढानीलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ६मा अध्ययनरत छन्)