सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
एकादेशमा एउटा गाउँ थियो। त्यहाँ श्यामहरि नाम गरेका मानिस बस्थे। उनी मिहिनेती, मिलनसार, बुद्धिमान, अरूलाई सहयोग गर्ने, मिठो बोल्ने र पढ्नमा पनि तेज थिए।
उनी सानो छँदाको कुरा हो। एक दिन विद्यालयमा गुरूले रूख रोप्नुपर्छ र त्यसलाई संरक्षण गर्नुपर्छ, विनास गर्नु हुँदैन भनेर पढाउनु भयो। अनि सबैलाई एक-एक वटा विरूवा दिनुभयो। उहाँले सबैलाई वृक्षरोपण गर्न लगाउनु भयो।
गुरूले सबैलाई जाँदाजाँदै भन्नुभयो, 'ल तिमीहरूले बुझ्यौ हैन त? अब घरमा गएर आमाबुवालाई भनेर विरूवा रोप है?'
विद्यालय छुट्टी भयो। श्यामहरिले घरमा गएर गरूले भनेको कुरा बुवालाई सुनाए। बुवा खुसी भए।
बुवाले वन कार्यालयमा गएर आँप, लिच्ची, कटहर लगायत विरूवा लिएर आउनुभयो। घरका सबै मिलेर ती विरूवा बारीका डिलमा सारे। समय-समयमा मल हाल्ने, गोडमेल गर्दै गएपछि केही वर्षमा आँपको बोटमा आँप र कटहरको बोटमा कटहर फल्न थाल्यो। फलेर खान पाए। बेच्न पाए। गाउँ-छिमेकमा बाढ्न पाए। यसरी श्यामहरिको परिवार खुसी भए।
केही समयपछि गाँउलेहरूले पनि उनीहरूको सिको गरे। बोट-विरूवा लगाउँदाको फाइदा बुझे। रूख रोपेपछि अक्सिजन पाइने कुरा पनि बुझे। रूख-विरूवाले गर्दा बाढी-पहिरो हुनबाट जोगााउने, पानीको मुल सुक्न नदिने, घाँस-दाउरा पाइने, रूखबाट आउने काठबाट फर्निचर बनाउन सकिने जस्ता कुरा गाउँलेहरूले बुझे।
यसरी गाउँलेहरू मिलेर खाली जग्गामा रूख रोप्न थाले। त्यसपछि गाउँमा राम्रा-राम्रा गतिविधि हुन थाल्यो। सबैजना खुसी भए। अन्ततः त्यो गााँउ एक नमुना गााँउ बन्यो।
(अर्पण भट्टराई काठमाडौंस्थित फ्लोरोसेन्ट विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन्।)