सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
एकादेशमा एउटा ठूलो नदी थियो। त्यो नदीमा धेरै माछा थिए। तिनको नदीमा एउटा घर थियो। त्यहाँ राजा पनि थिए।
राजाले आफ्ना साना-ठूला सबै माछाको ख्याल राख्थ्यो। एक दिन माछाहरू खेल्न निस्केका थिए। त्यही बेला माछालाई खान भनेर एउटा राक्षस आयो। माछाहरू कराउन थाले।
माछाहरू कराएको आवाज राजा माछाले सुने। अनि राजा माछा बाहिर आए। उसले राक्षसलाई देख्यो। त्यति बेलासम्म राक्षसले ती माछालाई खान थालिसकेको थियो।
यो देखेर राजाले आफ्नो तरबार निकाले र राक्षससँग लडाइँ गर्न थाले। राजाले तरबारले त्यस राक्षसलाई घोचिदियो। अनि राक्षस मर्यो।
राक्षस मरेको देखेर अरू साना-ठूला सबै माछाहरू खुसी भए। यसरी राजा माछाले अरू माछाहरूलाई बचाए।
(आर्ष अर्याल काठमाडौं, शंखमूलस्थित इनोभेटिव स्कुलमा कक्षा १ मा अध्ययनरत छन्।)