सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
जनक सीता भुकृटी हाम्रै बुद्धको देश यो
शान्ति पनि हाम्रै
हामी यो देशको नेपाल सिङ्गो हाम्रै
हिमाल पहाड अनि तराई हाम्रै सुन्दरताको देश यो
सोन्दर्य पनि हाम्रै
हामी यो देशको नेपाल सिङ्गो हाम्रै
गुरूङ रोदि तामाङ सेलो देउडा पनि हाम्रै बहुल जाति देश यो
विविधता पनि हाम्रै
हामी यो देशको नेपाल सिङ्गो हाम्रै
पृथ्वी भिमसेन अनि बलभद्र हाम्रै वीरहरूको देश यो
वीरता पनि हाम्रै
हामी यो देशको नेपाल सिङ्गो हाम्रै
तिहार दशैँ इद अन्नि ल्होसार हाम्रै बहुधार्मिक देश यो
सहिष्णुता पनि हाम्रै
हामी यो देशको नेपाल सिङ्गो हाम्रै
नेपाली मैथली अनि भोजपुरी हाम्रै मौलिक देश यो
मौलिकता पनि हाम्रै
हामी यो देशको नेपाल सिङ्गो हाम्रै
(बझाङका माइकल बिष्ट हाल काठमाडौंमा रहेर कक्षा दसमा अध्ययन छात्र हुन्।)