सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
वि.सं. २०७६ साल कोरोनाले गर्दा विशेष रह्यो। सरकारले छिट्टै परीक्षा सिध्याउनु भनेकाले हाम्रो परीक्षा छिट्टै सकियो। त्योबेला मलाई लकडाउन भनेको के हो थाहा थिएन। मेरी मामुले मलाई बुझाइस्यो।
संसारभर लकडाउन सुरू भयो। हाम्रो स्कुलमा पनि अनलाइन कक्षा सुरू भयो। मलाई बाबाले कसरी अनलाइन कक्षामा पढ्ने भनेर सिकाउनुभयो। केही समयपछि मलाई आफैँ आयो। जब मैले अनलाइन कक्षा सुरू हुन्छ भन्ने थाहा पाए म एकदम खुसी भाएको थिए।
अनलाइन कक्षामा मलाई साह्रै मज्जा आउँथ्यो। केही दिनपछि हाम्रो नेपाली सरले नेपाली टाइपिङ कसरी गर्ने सिकाउनुभयो। मैले पनि एउटा लेख लेखेँ र पत्रिकामा पोस्ट भयो। मेरा अरू पनि लेख पोस्ट भए। मलाई खुशी लाग्यो।
म कक्षा सकिएपछि गृहकार्य गर्थे र मामु भान्सामा जानुहुन्थ्यो। बिस्तारै बिस्तारै दिन बित्दै गयो। विद्यालय सुरू हुने खबर आएपछि मैले विद्यालय जाने तयारी गरेँ। कोरोनापछि विद्यालयको पहिलो दिन साह्रै नै रमणिय रह्यो। मेलै खेलेँ, पढेँ र धेरैभन्दा धेरै रमाइलो गरेँ। यसैगरी दिन बित्यो।
चैत्र १२ गतेदेखि मेरो अन्तिम त्रैमासिक परीक्षा सुरू भयो र फेरि २-३ हप्ता बिदा भयो। बिदामा कुनै दिन रमाइलो र कुनै दिन नरमाइलो भयो। म घुम्न भाटभटेनी, मामाघर र दिदीको घर गए र आफन्तजनहरू पनि हाम्रो घर आउनुभयो।
कोरोना धेरै बढेको खबर आएपछि बाहिर धेरै जानेक्रम पनि रोक्यो। मर्निङ वाक जान पनि छुट्यो। बिहान र बेलुका तरकारी लिन नजिकैका ठाउँ जान भनिएको छ। हाम्रो आफ्नै आफन्तलाई पनि कोरोना देखिएको छ। त्यसैले हामी सुरक्षित भएर घरमै बस्नुपर्छ है!
(आराध्या प्रसाई डियरवाक स्कुल, सिफल कक्षा ६ मा अध्ययनरत छिन्।)