सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
प्रिय तिमी,
तिमीलाई पाउन वर्षौअघि
मैले हजुरबाका कैयौं जीवनकथा गुमाए
केवल तिमी बन्नै मैले
कैयौंपटक मामाघरको त्यो
स्नेहिल पल गुमाए
अनि हजुरआमाका हातका ती
स्नेहिल स्पर्श गुमाए
केवल तिमी बन्नै मैल
हजुरआमाका चाउरिएका
गालाभित्र लुकेका संघर्षका कथा छुटाएँ
कैयौंपटक साथीसंगीसंगको
त्यो स्वर्णिम पल गुमाएँ।
त्यो खोलाको पौडी
ती आँपका पातको फिर्फिरे
अनि निस्फिक्री ती वनजंगल घण्टौ
हराइरहनु यस्ता क्षण त कति गुमाएँ गुमाएँ
त्यो टायरको गाडी, त्यो डोरीको ट्रेन
ती बालुवाका घर
ओहो तिमीलाई पाउन त मैले
स्वर्णिम बालापन नै गुमाएछु।
मेरो आफ्नो भार भन्दा गह्रौ
त्यो स्कुले झोलाले नै सिकायो
बालापनदेखि सपनाको भारी
बोकी-बोकी गह्रुंगा पाइला सार्न
त्यो भारी पाठ्यक्रम अनि
आदरणीय गुरूहरूको आफूप्रतिका
भरोसाले भरिएका आँखाले नै छेक्यो
कैयौंपटक आफैलाई त्यो समयमा हराउन
तर आज
आफैसंग प्रश्न गर्न मन लाग्यो
के साँच्चै मेरा मानसपटलमा छाइरहने
त्यो आदर्श व्यक्ति बन्ने बाटोमै छन् त मेरा पाइलाहरू?
काश त्यो समयमा जिउँन सक्थे
काश त्यो आदर्श व्यक्ति बन्ने
चाह मेरा मानसपटलमा
त्यसरी नबसिदिँदो हो
मैले डी.ए.लई परीक्षा
दिँदै गर्दा मभन्दा
सात डाडा पारी भएकी
मेरी हजुरआमाले देह त्याग गर्दै गर्दा
अन्तिम साससम्म मैलाई खोजिरहेका
उनका आँखाका भाका बुझ्न पाउँदी हुँ
यो सान्सारिक दुनियाँले सिकाउने
ज्ञान उनैबाट लिन पाउँदी हुँ
वर्तमान तिमी,
तिमीलाई म कति पनि प्रेम गर्दिन
तिमीले मैबाट मैलाई खोस्यौ
न त तिमी त्योबेला
मेरा मानसपटलमा छाइरहने
म नै हुन सक्यौ।
(अनुपम जोशी श्री संयज साइ विद्या मन्दिर, बालकोटमा कक्षा १० मा अध्ययनरत छन्।)