सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
एकांकी
(शान्त ठाउँको दृश्य। मन्जुको घरको आँगन देखाउदै रंगमञ्चको पर्दा खुल्छ।)
मन्जु: ओहो ! गीता कति ढिला आएकी, किन?
गीता: बुवाले टेलिभिजनमा समाचार हेरेर जाउ भन्नुभयो। त्यसैले ढिला भयो।
मन्जु: हो र ? भन न त समाचारमा के-के भन्यो?
गीता: ल भन्छु, सुन। नेपालको काठमाडौं विश्वको धेरै धुँवा र धुलो भएको देश हो।
मन्जु: अनि?
गीता: भारतको पश्चिम एशिया र नेपालकै कलकारखानाले धुँवा फालेकाले सबै नेपालमा फैलिरहेको छ।
मन्जु: ए! त्यसैले कति दिन भयो आकाश सफा देखिएको छैन।
गीता: अझ सुन!
मन्जु: (टाउको हल्लाउँदै) हवस्I
गीता: अब म यसबाट कसरी सुरतित हुने भनेर भन्छु। बाहिर काम परे मात्र जाने, बाहिर निस्कदा मास्क र चस्मा अनिवार्य लगाएर मात्र जानेI जसले धुँवा र धुँलोबाट नाक र आँखा बचाउन मद्दत गर्छ। हामी त बरन्डामा जाँदा समेत मास्क लगाउनु पर्छ।
मन्जु: अनि धुँवा-धुँलो कसरी कम गर्न सकिन्छ त?
गीता: धेरै बोटबिरुवा रोप्ने, हरियाली बनाउने, गाडी टाढा जाँदा मात्र चढ्ने नजिकै जाँदा हिँड्ने। त्यसले स्वास्थलाई पनि राम्रो बनाउँछ। र धेरै धुँलो-धुँवा पनि हुँदैन। हामीले पानीमा र बाटोमा जथाभावी फोहोर फाल्नु हुँदैन।
मन्जु: तिमीले यी सबै भन्दै गर्दा मलाई पनि एउटा बुँदा याद आयो। भनौं?
गीता: हुन्छ, भन नI
मन्जु: कलकारखाना मानिसहरू बसेको ठाउँभन्दा टाढा खोल्ने वा सार्ने गर्नुपर्छ रे।
गीता: हो। मानिस र जनावरहरूलाई पनि कलकारखाना भएको ठाउँबाट परै सार्नुपर्छ।
(त्यही बेला मन्जुकी आमा र गीताको बुवाले उनीहरूलाई घर फर्कन भन्नुहुन्छ।)
मन्जु: ल, अब केही दिन नभेट्ने है? कोरोना पनि बढेको छ र मौसम पनि सफा छैन। घरमै सुरक्षित बसौं।
गीता: म पनि त्यही भन्न लागेकी थिएँ। ल, बाई!
मन्जु: हो र? हुन्छ, बाई-बाईI
(दुवैजना बिदा भएर आ-आफ्नो घरतर्फ लाग्छन्। रंगमञ्चको पर्दा पनि बन्द हुन्छ।)
(साइना ढुङ्गेल पाठशाला फाउन्डेसन नेपाल, बानेश्वरको कक्षा ५मा अध्ययनरत छिन्।)