सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
जाग नेपाली जाग भो अब सबेर भो
मुहार देशको फेर्न भो अब अबेर भो
नपरौं अरूको भर पाखा पखेरा फोर्न
खटौं न भयो ढिला देशको विकास गर्न
स्वाभिमानी नेपाली हौं, यही हाम्रो परिचय
वीरता हाम्रो संसारसामु रहन्छ सधैं अजय
मिली सब गरौं अब नेपालको भक्ति
देशको विकास गरौं अब निकालेर शक्ति
विकास गरौं कृषि अनि उद्योग कल-कारखाना
नेपाली हुनुमै गर्व छ जुटौं यसमा सबजना
नेपाललाई संसारसामु अझैं चिनाउनु छ
यही माटोमा पसिना नदीसरी बगाउनु छ
समस्यामा हटेर होइन डटेर लड्नुपर्छ
रोग-व्याधीसँग लड्दै अघि बढ्नुपर्छ
मौरीजस्तै खट्नुपर्छ देशका लागि दिनरात
खबरदारी सबले गरौं जसले गर्छ राष्ट्रघात
गाउँ सहर उठौं अब नगरौं है ढिला
नत्र अबेर भइजान्छ देश बनाउने कुरा
जाग नेपाली जाग भो अब सबेर भो
मुहार देशको फेर्न भो अब अबेर भो
(संयोग पनेरु बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)