सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
मेरो देश नेपाल सुन्दर छ। नेपालमा धेरै जातजातिका मानिस बस्छन्। यहाँ विभिन्न प्रकारका जनावर पनि पाइन्छन्। जताततै हरियाली छ। थरीथरीका बोटविरूवा छन्। जे पनि पाइन्छ।
यहाँ राम्रा–राम्रा खोला र नदीहरू छन्। नेपालमा लुम्बिनी, चितवन, सगरमाथाजस्ता प्रसिद्ध ठाउँ पनि छन्। लुम्बिनीमा भगवान गौतम बुद्ध जन्मिएका थिए। सगरमाथा संसारकै अग्लो हिउँचुचुरो हो। चितवनमा गैंडा, हात्ती र बाघ पाइन्छन्।
नेपालमा प्रसिद्ध पशुपतिनाथको मन्दिर पनि छ। यो मन्दिरमा धेरै मानिस पूजा गर्छन्। पोखरा पनि धेरै राम्रो छ। म चितवन, लुम्बिनी, पोखरा र कालिन्चोक गएको छु। यी ठाउँ मलाई धेरै राम्रा र रमाइला लाग्छन्। यी ठाउँ पुग्दा मलाई साँच्चै स्वर्ग गएजस्तो लाग्छ। मलाई नेपाली हुनमा धेरै गर्व छ।
मेरो देशमा अहिले कोरोना रोग आएको छ। यो रोगबाट धेरै मानिसको मृत्यु पनि भयो। म र मेरो परिवार भने यो रोगबाट अहिलेसम्म सुरक्षित छौं।
(शुशभ भण्डारी काठमाण्डौं जेभियर एकेडेमी, नयाँ बानेश्वर, काठमाडौंमा कक्षा ३ मा अध्ययनरत छन्।)