सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
छिट्टै नै कोरोना घटेर जानेछ
त्रासको कालो बादल हटेर जानेछ
खुल्ला हावामा खेल्न अनि घुम्न पाइनेछ
सृष्टिको सुन्दरता चुम्न पाइने छ।
समानताको पाठ अनि मानवताको धर्म
सिक्दैछ मानिस हेर परोपकारी कर्म
चेतनाको फल अनि एकताको बल
स्वस्थ जीवन रहेछ यो विपत्तिको हल
घाउ भए पनि यहाँ मलम त छ नि
प्यास भए पनि यहाँ छ है इनार पनि
अनुशासित, कर्मवीर बास्ना मगमग
संयम अपनाउँ, कर्म गरौँ जीवन जगमग।
(आयाम गौतम ललितपुर माध्यमिक विद्यालय, लगनखेलमा कक्षा ६ मा अध्ययनरत छन्।)