सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
सुन सुन साथी हो म केही भन्छु
साथी र भाइको सवाई कहन्छु
साना-साना हात मेरा सानै कुरा लेख्लान्
साना-साना आँखा मेरा सानै कुरा देख्लान्
धेरै जना साथी हुन्छन् साँच्चै साथी थोरै
कुरा मिल्ने धेरै होलान् मन मिल्ने थोरै
एउटालाई चोट पर्दा अर्को दुख्नु पर्छ
साथीलाई मर्का पर्दा सबै जुट्नु पर्छ
आयो भने समस्या सबै जुटौं साथी
हटाएर समस्या खुशी बनौं साथी
एउटा हातले बज्दैन कहिले पनि ताली
मिलिजुली बजाऔं दुवै हातले ताली
ठूलालाई आदर गरौं सानालाई माया
सुख दुःख जिन्दगीको जस्तै घाम छायाँ
संकटमा मद्दत गरौं उन्नतिमा खुशी
रचनामा दंग परौं सिर्जनामा सुखी
लेखेँ मैले कविता, गाएँ मैले गीत
हामी सबै मिली गरौं एक अर्काको हित।
(बझाङका माइकल बिष्ट हाल काठमाडौंमा रहेर तरून माध्यामिक विधालयमा कक्षा १० मा अध्ययन छात्र हुन्।)