सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
भाइ सोध्छ, आजकल स्कुल किन जादैनौं?
घरमा ल्याई आइसक्रिम किन खादैनौ?
मामाघर जान्छु भन्दा किन पाइदैन?
खेल्नलाई चौर, बाटो किन गइदैन?
कोरोना छ भन्छु म, ऊ कुरै बुझ्दैन
घरमा पाक्ने खानेकुरा उसलाई रुच्दैन
टिभी धेरै हेर्नुहुन्न आँखा बिग्रन्छ
पढ्न बस भन्यो भने रूँदै हिँड्दिन्छ
किन आजकाल हाम्रो घरमा कोही आउँदैन?
मीठो-मीठो चक्लेट, बिस्कुट कोही ल्याउँदैन?
स्कुलका साथीभाइ के-के गर्दैछन?
खेल्छन कि? टिभी हेर्दैछन् कि? किताब पढ्दैछन?
सबै जना घरै बस्नु स्वस्थ्य रहनु
चाँडै सुन्दर बिहान हुन्छ, दुःखी नहुनु
कोरोनाको कहर पछि फेरी भेटौंला
सँगै खेल्ने, हाँस्ने,पढ्ने रहर मेटौला।
(पञ्चाङ्ग मिश्र जेभियर इन्टरनेशनल स्कुल, बौद्धमा कक्षा ६ मा अध्ययनरत छन्। )