सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
यही हो मेरो देश
यही हो मेरो भेष
यही हो मेरो धन
यही हो मेरो मन
नेपाल, नेपाल हो उसको नाम
आऊ, यो कविता मिलेर गाऔं
होला मेरो देश सानो सारै
सीमानाचाहीँ नमिच्नु नत्र पर्ला गाह्रो
हरियो यो वन
नेपालको हो धन
नगर्नु है वन-विनास
उसैले दिन्छ सास
यही हो मेरो भेष
यही हो मेरो देश।
(कृष्मा शर्मा कलंकीस्थित एल. आर. आई स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्।)