सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
आमा मेरी जन्मदाता
आमा नै मेरी ठूलो नाता
आमा तिमी ममताकी खानी
तिमीलाई दु:ख दिन्न म जानी-जानी
अँध्यारोमा उज्यालो दिने आमा
दु:खमा साथ दिने आमा
नजानेका कुरा सिकाउने आमा
सफलतामा ताली बजाउने आमा
गल्ती हुँदा सम्झाउने आमा
सधैंभरि हसाउन खोज्ने आमा
भोक-प्यास मेटाउने आमा
रूदाखेरि फकाउने आमा
सुखमा आमालाई सम्झन्छु
दु:खमा आमालाई सम्झन्छु
यति कुरा म जान्दछु
आमालाई भगवान मान्दछु।
(कार्यशु सुवेदी बुढानिलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)