सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
एक वर्ष पूरा भयो
स्कुल नगएको
स्कुलको पोसाक
लगाउन नपाएको
कस्ता भए होलान् साथी
देख्न पाएको छैन
मेरो प्यारो स्कुलमा
खेल्न पाएको छैन
कहिले आउँछ होला
खुसीको त्यो लहर
स्कुल बसको झ्यालबाट
हेर्न मन छ सहर
हे भगवान! हटाइ देऊ
कोरोनाको कहर
पहिले जस्तै खुसीयाली
छाओस् मेरो सहर
अब छिटै पूरा होस्
स्कुल जाने रहर
पहिले जस्तै सुन्दर
बनोस् यो सहर ।।
(आरध्या पौडेल श्री विज्जेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा कक्षा ४ मा अध्ययनरत छिन्।)